२५ साउन, काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र EDUCATIONAL CONSULTANCY ASSOCIATION OF NEPAL (ECAN-Jhapa) बिच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इ—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंक लि.को तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरे । सम्झौता पश्चात इ—क्यान, झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ्ग सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै ECAN-Jhapa मा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउनुहुने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, Swift payment मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा तथा २०० स्थानमा रहेका एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।





