समाचार

सभापति देउवाद्वारा अमात्यको निधनप्रति दुःख व्यक्त

३० भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै उनले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

नेता आमात्यले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका थिए । कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका सङ्घर्ष र आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले अमात्यको निधनबाट एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।