राजनीति

सहकारी रकम हिनामिनामा कांग्रेस उपसभापति गुरुङमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन

४ असोज, काठमाडौँ । कांग्रेस उपसभापति धनराज गुरुङले मितेरी वचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ। उनले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी सहकारीको बचत रकम हिनामिना गरेको समितिले उल्लेख गरेको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा कतिपय समस्याग्रस्त सहकारीमा नक्कली विवाह गर्ने गरेको उल्लेख पनि गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शिघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ ।’