१८ असोज, ओस्लो । गत अगस्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको सङ्क्रमणबाट मृत्यु भएको आशङ्का नर्वे प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । ह्वेल अगस्ट ३१ मा नर्वेको दक्षिणपश्चिमी तटमा रहेको खाडीमा मृत फेला परेको थियो ।
पशु अधिकार सङ्गठन एनओएएच र वन ह्वेलले ह्वेललाई गोली हानेर मारिएको दाबी गर्दै प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् ।
ह्वलेका लागि नर्वेली शब्द हवल र मस्कोसँग यसको कथित सम्बन्धमा यसको उपनाम ‘ह्वाल्डिमिर’ राखिएको छ ।
नर्वेली पशु चिकित्सा संस्थानले शव परीक्षण गर्दा ह्वेलको मुखमा ३५ सेन्टिमिटरको काठको टुक्रा पेला पारेको थियो ।
शव परीक्षणको रिपोर्टले मृत्युको सम्भावित कारण ब्याक्टेरिया सङ्क्रमण भनेको थियो । मुखमा काठको टुक्रा अड्किएकाले घाउ भई सङ्क्रमण भएको प्रहरी अधिकारी अमुन्ड प्रिडे रेभहेमले शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरेका छन्। काठको टुक्राले ह्वाल्डिमिरलाई खान गाह्रो बनाएको तथा सङ्क्रमणको जोखिम बढेको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले शव परीक्षणमा गोलीको कुनै निशान फेला नपरेकाले थप अनुसन्धान नगर्ने निर्णय गरेको जनाएको छ । परीक्षणमा ह्वाल्डिमिरलाई अवैध रूपमा मारिएको सङ्केत गर्ने केही प्रमाणहरु फेला नपरेको प्रिडे रेभहेमले बताए ।
नर्वेका अधिकारीहरूले ह्वेल एउटा घेराबाट भागेर रूसी नौसेनाद्वारा प्रशिक्षित भएको हुनसक्ने बताएका छन् । ह्वेल ‘रूसी जासुस’ हुनसक्ने दाबीमा मस्कोले भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन ।
‘





