समाचार

नेफेजको अध्यक्षमा कार्की निर्वाचित

१८ असोज, काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह नेफेजको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित भएका छन् । नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गरे।

कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिए ।

यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी भएको छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गरेका छन् ।

महासचिवमा कमलदेव भट्टराई, सचिव महिलामा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित भएका छन् ।

दुई सदस्य पुरुषका लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी भएका छन् । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताए । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गरेका छन्।

कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।