११ कात्तिक, काठमाडौं । प्राईम बैंक लिमिटेटले लाभाँश रकम प्रति शेयर ५ प्रतिशत हुनेगरी प्रस्ताव गरेको छ । आज बैंकको सञ्चालक समितिको ५१४ औं बैठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ९७ करोड, एकलाख २८ हजार सातसय ८६ मात्र नगद लाभाँश प्रस्ताव गरेको छ ।
उक्त नगद लाभाँश रकम प्रति शेयर ५ प्रतिशत (कर सहित) हुने बताएको छ। प्रस्तावित नगद लाभाँश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने जानकारी दिएको छ । उक्त कुरा बैंकका कम्पनी सचिव राजकुमार कार्कीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिहदरबारप्लाजा र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड,
पुतलीसडक, काठमाडौँलाई चिठी मार्फत जनाएका छन् ।





