समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश तर सीआईबीले तत्काल नछाड्ने

२७ मङ्सिर, काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ४० हजार धरौटीमा छाड्ने आदेश दिएता पनि उनी फेरि पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईँलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धान गरिरहेकाले उनी तत्काल भने छुट्‍ने छैनन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम यजिआटामा लगानी रहेको भनी भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओलाई लिएर उनलाई प्रहरीले पक्राउ गरी विद्युतीय अपराधमा अनुसन्धान गरेको थियो