२ पुस, फ्रान्स । युरोपेली सङ्घ इयुले शासक बशर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्तापछि दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने ब्लकको विदेश नीति प्रमुखले मङ्गलबार बताएको छन् ।
“यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ”, इयुका काजा कल्लासले युरोपेली संसद्लाई भने ।
सिरियाका लागि इयुका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण गरे। यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भने ।
युरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि सङ्घर्ष गरिरहेका छन् ।
तर तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम एचटिएसको नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् । एचटिएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीबद्ध गरिएको छ ।
“हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, इयु यहाँ उपस्थित हुनुपर्छ”, कालासले भने ।
इयुले सिरियाका लागि समर्थन बढाउन तयार रहेको तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने सर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसङ्ख्यकहरूको संरक्षण, समावेशी सङ्क्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् ।
कालासले सोमबार इयुले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताए ।
रूसले गृहयुद्धका बेला आफ्ना सैनिकहरूद्वारा असदलाई समर्थन गर्यो र अब उहाँको निष्कासनपछि सुरक्षित आश्रय प्रदान गरेको छ ।





