सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । हातमा एटिएम छ, बैंकको खारामा पनि आवश्यक रकम छ, तपाई किनमेल गर्न कुनै मल जानुभएको छ, नगद भने छैन, तपाईलाई कत्तिको दुःख दिएको छ त एटिएम्ले?
भूकम्पको बेला वा लोडसेडिगं १८ घण्टा भएको बेला त सर्भर डाउन भएर एटिएममा समस्या आएको बैंकर्ष संघले बताएको थियो त बत्ति नभएर, मुलुकमा झण्डै तीन दर्जन बैंकहरु छन्, बिकास बैंकहरु त्यो भन्दा बढी छन् अनि ग बर्गका फाईनान्सहरु पनि ठूलै संख्यामा छन् तर जति बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरु भएपनि तिनीहरुले जनताका फाईदाका लागी काम गरेका छैनन् छन् वा छैनन् त्यो तपाई एटिएम् प्रयोगकर्ताहरुलाई थाहा होला ।
नयांबानेस्वरको एटिएम्मा बिहीबार एटिएम्मा लाईन लागेका सेवाग्राहीहरु

तर हाम्रो एक रिपोर्टमा सूचना चुहाएको आरोपमा बिाबादमा आएको एभ्रेष्ट बैँकको एटिएम्ले एटिएम् प्रयोगकर्ताहरुलाई दुःख दिएको पत्ता लागेको छ । साखाहरु र बैंकएटिएम्हरु धेरै भएपनि केहि एटिएम्को बारेमा समाचार तयार पारिएको छ, एभरेष्ट बैंकको नयांबानेस्वर साखामा दुईवटा एटिएम् छन् तर त्यहाँ देखाउनलाई दुईवटा एटिएम् छन् काम एउटालेमात्र गर्छ, सेवाग्राहीहरुको सधैं रुपैंया निकाल्ने लाईन हुन्छ, एभ्रेष्ट बैंकको नै मध्यबानेस्वरमा अर्को एटिएम् छ, त्यसमा प्रायः रकम नै निस्किदैन, सिँहदरबारमा अर्को दुई एभ्रेष्ट बैंकका एटिएम्हरु छन्, त्यहां कहिले १० हजार निकाल्दा २० हजार काट्छ त कहिले एटिएम्ले नै काम गर्दैन ।
एभ्रेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा पनि एटिएम् छ, त्यो पनि सो पिस जस्तै भएको एभ्रेष्ट बैंक एटिएम् नयाँबानेस्वरमा पैसा निकाल्न आउदा नपाएर हैरान भएका नबिन खड्काले बताए । पैसा निस्किदा पनि प्रायः एभ्रेष्ट बैंकको एटिएम्ले स्टेट्मेन्ट दिदैन । उनीहरुको गुनासो छ ।
सुर्यखबरले एभ्रेट बैंकका बजार प्रमुख रंजन खड्कालाई फोन गर्दा फोन रिसिभ गरेनन् । भने मध्य बानेस्वरको एटिएम्मा देखाएको ९८५१०४८४१४ मा फोन गर्दा फोन त उठ्यो तर उनले परिचय दिन मानेनन् बरु आफू बाहिर भएको बताए ।
एक सेवा ग्राहीले बताए अनुसार पहिले बैंक अफ काठ्माण्डौको एटिएम् चलाएका थिए रे, पछि एभ्रेष्टको परिवर्तन गरेछन् राम्रो छ भन्ने सुनेर तर हाल हैरान भएछन्, मैतीदेबिको पैसा ननिस्किने एभ्रेष्ट बैंकको एटिएम्मा झ्वाँकिरहेका बिशाल शाक्यको गुनासो भेटियो ।
चावाहिलमा रहेको एभ्रेष्टको एटिएममा गएर हेर्दा पनि सुर्यखबरले त्यस्तै गुनासो पायो भने, ईटहरीमा रहेको एभ्रेष्टको एटिएम्मा त कहिलेकाँही एकहप्ता नै एटिएम् नचलेको एभ्रेष्ट बैंकको एटिएम्बाट पैसा निकाल्न एटिएम बोकेर हिँडेका सूजन राईले बताए । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेललाई यसबारेमा सोध्न खोज्दा उनको मोवाईल समेत रिसिभ भएन ।
आखिर एटिएम्ले कहिले सम्म जनतालाई झुक्याउछन् त ? राष्ट्र बैंकले किन मनिटरिगं गर्दैन ? बैंकले किन वास्ता गर्दैन त जनतालाई एटिएम्मा भएको पैसा ननिस्किने समस्याको समाधान ? यसको उत्तर कसले दिने ?





