११ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेको प्रमुख कार्यकारी अधिकृत सिइओको रिक्त पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वको समितिमा सोही मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा खोमराज खरेल छन् ।





