समाचार

महाशिवरात्रिले समृद्ध नेपालको आकांक्षा पूरा गर्न हौसला प्रदान गर्नेछ : मुख्यमन्त्री कार्की

१४ फागुन, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकारले सबै धर्म र संस्कृतिको संरक्षण, सम्बर्द्धन गर्दै धार्मिक पर्यटनको विकास गर्ने अभियानमा क्रियाशील रहेको बताएका छन् ।

महाशिवरात्रि पर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको जानकारी दिए । उनले शिवरात्रिसँगै मनाइने सैनिक दिवसका अवसरमासमेत शुभकामना व्यक्त गरेका छन् । महाशिवरात्रि पर्वले आम नेपालीलाई “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न हौसला प्रदान गर्ने उनको विश्वास छ ।