समाचार

परराष्ट्रमन्त्री चढेको विमान अवतरण गर्न सकेन, खराब मौसमका कारण तीन वटा जहाज अन्यत्र ‘डाइभर्ट’ गरियो 

१६ फागुन,काठमाडौँ। मौसम बदलीका कारण भिजिबिलिटी कम भएपछि नेपाल आएका तीन वटा जहाज अन्यत्र ‘डाइभर्ट’ गरिएको  छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको हो। 

नेपाल एयरलाइन्सको जहाजमा परराष्ट्र मन्त्री आरजु राणा पनि रहेको बुझिएको छ।  उक्त विमान खराब मौसमका कारण काठमाडौँ ओर्लन नसकेपछि कलकत्ता डाइभर्ट भएको हो। 

त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ। 

 यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ। 

नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट गरिएको हो।