समाचार

तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता बम रिहा

३ चैत, काठमाडौँ । पुर्व प्रधानमन्त्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बमलाई प्रहरीले रिहा गरेको छ।

आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएपछि सोही दिन साँझ नै रिहा गरिएको हो।

बमलाई पक्राउ गरिएको विषयमा विभिन्न प्रतिक्रिया आएपछि प्रहरीले उनलाई लामो समयसम्म थुनेर नराखेको बताइएको छ।