समाचार

एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै, समापनको तयारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक आज समापन गर्ने तयारी रहेको छ ।

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई दिइएको तीन(तीन मिनेट बोल्ने समयमा सबैले आ-आफ्नो धारणा राखिरहेका छन् ।

केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।
सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा पार्टी अधिकांश केन्द्रीय सदस्यहरूले सहमति जनाएका छन् ।