समाचार

पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएकी छन् ।

सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने भएकी हुन्। बबरमहलमा रहेको कार्की बैंक्वेटमा शुक्रबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्नेआयोजना गरिएको भण्डारीको सचिवालयले जनाएको छ।

यहि साउन ६ गगे मंगलबार राति नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णयमा ३ जना नेताले असहमति जनाएका थिए।

भण्डारीले आफू पछाडि नहट्ने अडान लिएको उनीनिकट नेताले बताएका छन्। पूर्वराष्ट्रपति भण्डारीले यसै विषयमा पत्रकार सम्मेलन मार्फत प्रष्ट पार्ने योजना रहेको बुझिएको छ ।