प्रवास

गैर-आवासीय नेपाली बेलायतको अध्यक्षमा पुडासैनी विजयी

११ साउन, एजेन्सी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी विजयी भएका छन्।

शनिबार राति सम्पन्न भएको मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । पुडासैनीले १ हजार ४ सय ८२ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचित गरेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत प्राप्त गरे पराजित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा उज्वल कार्की, डा.रक्षा थापा, रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी भएका छन्। सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद अध्यक्ष पदमा राममाया विष्ट थापा विजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिएका छन् ।

अध्यक्ष पुडासैनीले तल्लो तहसम्म पुग्ने अभियान आजैदेखि सुरुवात गरेको समेत बताएका हुन् । सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना रहेको उनको दावी छ ।