२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार हुन इच्छुकहरुको सूची सार्वजनिक गरेको छ ।
रावस्पाले उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकलाई यहि साउन ७ देखि साउन २१ गतेसम्मको आवेदन माग गरेको थियो । सोही समय अवधिभित्र ९ जनाले आवेदन दिएको रास्वपाले जनाएको हो । आवेदन दिएका मध्ये शुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।
आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिदेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुसुम महर्जन रचना क्षेत्री, पुनम कुमारी अहग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएको रास्वपाले जनाएको हो । साथै उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार रुपैयाँ शुल्क तोकेको छ । अब रास्वपाले प्राप्त भएका नामबाट उम्मेदवारको नाम छनोट गर्ने भएको हो ।
आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नामसहितको सूची सार्वजनिक गर्ने रास्वपाको तयारी रहेको छ ।





