२२ साउन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगको स्वमूल्याङ्कन गर्ने राजनीतिक दलको विषयको कार्यविधिको विरोध गरेका छन् ।
विभिन्न राजनीतिक दलसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलेसमेत विरोध गरिरहेका बेला नेपाली काँग्रेसको उच्च तहका नेता उक्त कुराको विरोध आएको हो ।
राजनीतिक दललाई जनताले निर्देशन गर्ने हो निर्वाचन आयोगले होइन भन्दै महामन्त्री शर्माको कडा विरोध छ ।
उनले ट्विट गर्दै भनेका छन्:
व्यक्तिगत धारणा पनि संस्थागत दृष्टिकोण पनि!
राजनैतिक दललाई मूल्याङ्कन जनताले, निर्देशित संविधानले गर्ने हो ! निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रस्ट विमति छ! नमिल्ने विधिको बाटो बहादुर भवनमै टुङ्गियोस् ! जय नेपाल !






