समाचार

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन सम्पर्क कार्यालय खोलिन

२२ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेकी छन् ।

भण्डारीले बिहीबार काठमाडौंकोस्थित थापागाउँको एक घरमा सोही कार्यालय खोलेकी हुन् । उनले आफ्नै स्वर्गीय श्रीमान एवं नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारीले २०४८ सालको निर्वाचनमा प्रचारप्रसार गरेकै ३ तले घरमा उनले सम्पर्क कार्यालय खोलेकी छन् ।

अब केही दिनभित्रै कार्यालयको उद्घाटन गर्ने तयारी रहेको भण्डारी निकट एक नेताले बताएका छन् । हाल सोही कार्यालयमा फर्निचरसहित सामान मिलाउने कार्य भइरहेको उनको भनाइ थियो । अब केही समयपछि कार्यालय औपचारिक रुपमा संचालन हुने भएको छ । साथै भण्डारीले यहि कार्यालयबाट सक्रिय राजनीति प्रक्रियालाई अगाडि बढाउने तयारी गरेकी छन् ।

योसँगै उनले आफू निकट नेता तथा कार्यकर्तासँग संवाद समेत गर्ने योजना रहेको देखिन्छ। एमालेले भण्डारीको पार्टी सदस्यता समेत रोकिदिएको छ ।