२४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्रै नागरिकलाई स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा उपलब्ध गराउन नसक्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको उनको भनाइ छ । राज्यको लगानी शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै कम रहेको र बढी गर्न सक्ने स्थिति पनि नरहेको उनको तर्क छ ।
मन्त्री पौडेलले योगदान पुर्याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरुरी रहेको बताएका थिए। शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बने पनि ग्रामीण क्षेत्रमा भने विद्यालयमा पढ्नुको विकल्प नरहेको उनको धारणा छ ।





