खेलकुद

एएफसी यू-२० महिला एशिया कप छनोटमा नेपाल उत्तर कोरियासँग पराजित

२५ साउन, काठमाडौं । एएफसी यू -२० महिला एशिया कप छनोट फुटबल अन्तर्गत समूह (ए) को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग पराजित भएको छ ।

भुटानमा आइतबार सम्मपन्न भएको सोही खेलमा नेपाल उत्तर कोरियासँग ११-० गोलको फराकिलो अन्तरको पराजित भएको हो । बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफका ६ गोल गरेको थियो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बनेको छ । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एशिया कप छनोटमा उत्तर कोरियाले खेल्ने बाटो तय गरेको छ ।