समाचार

दाहाल र चन्दबीच चन्द निवासमा भेट, पार्टी एकीकरण गर्ने सहमती बढेपछि बढ्यो हीमचिम

९ भदौ, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले नेत्रविक्रम चन्दलाई भेट्न उनकै निवास ललितपुर पुगेका छन् ।
उनले माओबादी केन्द्रसंग पार्टी एकता गर्ने सहमती गरेका चन्दसँग राजनीतिक लगायतका समसामायीक छलफल गरेकाको बताईएको छ ।
केही अगाडी दाहाल र चन्दविच पार्टी एकीकरण गर्ने सहमती भएपछि दुई नेताबीचको हीमचिम बढ्न थालेको छ ।
माओबादी फुटाएर भिन्नै पार्टी खोलेपछि पुष्पकमल दाहालको सबैभन्दा बिरोधीका रुपमा नेत्रविक्रम चनद चिनिएका थिए । पार्टी एकीकरण दुर्व नेताको बाध्यता भएको राजनीतिक विश्लेशकहरुको भनाई छ ।