१६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाए।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका लगाइदिए ।

यस्तैगरी आज टीकाको साईतको दिन तथा त्यसपछि बिभिन्न बिशिष्ट ब्यक्तीत्व तथा सबैसाधारणहरुले टीका र जमरा लगाउने र लगाईदिने कार्यकमा देखिएका छन् ।

आजबाट शुरु भएको दसैको टीका पुर्णिमाको दिन बिहानसम्म नै टीका र जमरा लगाईदिई मान्यजनहरुले आशिर्बाद दिने चलन छ ।

आज दशमाीको दिन र साईतको टीकालाई धेरै महत्व दिईएपनि पूर्णिमा सम्म नै धेरै परिवार भएका हिन्दूहरुले टीका लगाईदिने र आशिर्वाद लिनु राम्रो मान्ने गरेका छन् ।












