आर्थिक

बहुमत काँग्रेस महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी बिशेष महाधिवेशन गर्न मागसहित कावा सभापति खड्कासंग माग

२९ असोज, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समूहका २४ सय ८८ प्रतिनिधिले आज कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बिशेष महाधिवेशन गर्न माग गर्दै मागपत्र पेश गरेका छन् ।

आज पार्टीको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममार्फत उक्त मागपत्र पेश गरिएको हो । नेपाली काँग्रेसको विशेस महाधिवेशन हुनुपर्ने माग गर्दै देशभर हस्ताक्षर अभियान चलाएका दुई महामन्त्रीहरुले हस्ताक्षर भईसकेपछि आज केन्द्रीय कार्यालयमा उक्त पत्र बुझाएका हुन् ।
नेता गुरुराज घिमिरेमार्फत पार्टीलाई नयाँ दिशा दिन उक्त बिशेष महाधिवेशनको आवश्यक्ता रहेको र त्यही माग गर्दै पत्र बसझाईएको बताए । काँग्रेसका ५३ प्रतिशत महाधिवेश प्रतिनिधिको हस्ताक्षर भएको दाबी गरिएको छ ।