समाज

ससुराली जान हिँडेका वृद्ध खोलामा मृत फेला

५ कात्तिक, रुकुमपूर्व । रोल्पा जिल्लाको थबाङ गाउँपालिका–४ गुँरासे निवासी ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय वडाध्यक्ष हिरा प्रसाद बुढामगरका अनुसार घर्तीमगर मंगलबार बिहान ससुराली जाने उद्देश्यले घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी केही घण्टापछि झिम्रुक खोलाको किनारमा मृत भेटिएका हुन् ।

शव गुँरासे–थबाङ मार्गबाट करिब १५० मिटर तल झिम्रुक खोलामा फेला परेको बताइएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ भने मृतकका परिवार र आफन्तजनलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।