आर्थिक

सुनको मूल्यमा आज पनि झिनो रकमले गिरावट

११ कात्तिक, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । आज फेरि प्रतितोला दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ६० घटेर दुई हजार ९२० मा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।