समाचार

मुग्लिन–नारायणगढ सडक: तुइन खोला नजिक ढुंगा खस्दा आवागमन ठप्प

१४ कात्तिक, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला नजिक माथिबाट खसेको ढुंगाले यातायात अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ढुंगा खस्ने क्रम अझै जारी छ र त्यसको स्थिरता नआएसम्म सडक खोल्न सकिँदैन।

कार्यालयले वर्षातको समयमा यहाँ पहिरोको जोखिम उच्च रहेको भन्दै यात्रुहरूलाई अत्यधिक सतर्क रहन र सडकको अवस्था जाँचेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

यसै सडक खण्डमा पहिल्यै सुक्खा पहिरोका कारण तीन दिनसम्म यातायात बन्द भएको थियो ।