राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकः नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र नियमित महाधिवेशन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गरेका छन् ।

उनले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी रहहेको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषय उठ्दै आएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्दै आएको छ ।