शिक्षा

शिक्षामन्त्री पुनले गरे मेयर शाहको विवादित स्टाटसमा व्यंग्य: “सर्को तानेको बेलामा मौन बस्नुस्”

१६ कात्तिक, काठमाडौं । शिक्षामन्त्री महाबीर पुनले काठमाडौंका मेयर बालेन्द्र शाहको विवादित सामाजिक सञ्जाल स्टाटसमाथि व्यंग्यपूर्ण टिप्पणी गरेका छन्।

बालेन्द्र शाहले अमेरिका, चीन, भारत र नेपालका राजनीतिक दलहरूमाथि असभ्य शब्द प्रयोग गरेको स्टाटस सामाजिक सञ्जालमा भाइरल भएपछि उनले त्यसलाई हटाएका छन्।

पुनले समाजमा देखिएको क्षणिक सक्रियता र आवश्यक बेला मौन रहने प्रवृत्तिप्रति कटाक्ष गर्दै भनेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सकौँ तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सकौँ ताने पनि केहि छैन। तर सकौँ तानेको बेलामा केहि पनि नबोल्न र नलेखन अनुरोध छ।”

पुनको उक्त भनाइमा उनले समाजमा देखिएको क्षणिक सक्रियता र आवश्यक समयमा मौन रहने प्रवृत्तिमाथि कटाक्ष गरेका छन्। उनको पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। केहीले पुनको भनाइलाई “सत्य तर व्यंग्यात्मक” भन्दै समर्थन जनाएका छन् भने केहीले “शिक्षामन्त्रीको यस्तो टिप्पणीले असन्तुलन पैदा गर्न सक्छ” भन्ने टिप्पणीसमेत गरेका छन्।

महाबीर पुन हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।