२३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, ‘कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ’ भनेका छन् ।
नियमनीत महाधिवेशन गर्न काँग्रेसको विधानले नरोक्ने भन्दै, ‘नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली काँग्रेसको बिधानले बाधा गर्दैन’ भन्ने स्पष्ट गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ’
उनको पुरा ट्वीटः
ञनियमित महाधिवेशन पुसमा गर्ने कि बैशाखमाझ अहिलेको मुल प्रश्न यो होइन ! मुल–प्रश्न–जे–हो–त्यसलाई–प्रष्ट–ढंगले–बुझौं !
नियमित महाधिवेशन पुस, माघ, बैशाखमा या त्यो भन्दा अघिपछि गर्न नेपाली काँग्रेसको बिधानले बाधा गर्दैन ! तर ‘
८ तर बिशेष महाधिवेशन ९० दिनभित्र अनिवार्य सम्पन्न गर्न बिधानको दफा १७ (२) को स्पस्ट निर्देशन छ । यो बाध्यात्मक छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेको बिशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मुल प्रश्न हो ! बिशेष महाधिवेशनको मागलाई कि बिशेष महाधिवेशनको आयोजनाले कि त्यही समयावधिभित्र नियमित महाधिवेशनको आयोजनाले मात्रै सम्बोधन गर्नसक्दछ ! यसलाई कुनै इफ, बट, इन्तु, परन्तु नगरिकन प्रष्ट ढंगले बुझ्न जरुरी छ !
(काँग्रेस केन्द्रीय समितिमा चलिरहेको छलफल पार्टी र रास्ट्रिय जीवनका लागि महत्त्वपूर्ण छ । केहिदिनभित्रै हामीले एकता र परिपक्वता साथ निर्णयमा पुग्नुपर्नेछ । काँग्रेसले काँग्रेसको जीवनका लागि गर्नुपर्ने काम भन्दा ठूलो देशका लागि काँग्रेसले गर्नुपर्ने थुप्रै काम छन्, हामीले त्यसप्रति झनै गम्भीर हुनुछ, आन्तरिक ‘मुल प्रश्न’ भन्दा माथिको यो मुल प्रश्नमा हामी सबल र सफल हुनुछ)






