१ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान आवेदन दिने युवाहरूको भाषा परीक्षा आजदेखि सुरु भएको छ। पहिलो चरणमा उत्पादन क्षेत्रमा काम गर्न चाहने ६७ हजार जनाको परीक्षा भइरहेको छ।
सन् २०२५ मा कुल एक लाख २ हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन्। दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिने ३५ हजार जनाको परीक्षा हुने छ।
वैदेशिक रोजगार विभागका अनुसार भाषा परीक्षा दुई महिनाभित्र सम्पन्न गर्ने तयारी छ। दक्षिण कोरियाले ईपीएस सदस्य देशहरूमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लैजाने गर्दछ।





