प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदै छ ।
आज रातभर दीपदान गरी बसेका श्रद्धालुले भोलि बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् ।
देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भिड लाग्ने गर्छ ।







