तस्विरहरु

एनपीएल : सुदूरपश्चिमको लागातार पाँचौ जित (तस्विरहरु)

१३ मंसिर, जारी नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार आफ्नो पाचौँ जित निकाल्न सफल भएको छ । सुदूरपश्चिमले आज जनकपुर बोल्ड्लाई जितेसँगै आफ्नो पाँचौ जित निकाल्न सफल भएको हो ।

रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो । जनपुरले १४६ रनको लक्ष दिएकोमा सुदूरपश्चिमले १७ ओभर ४ बलममा ४ विकेट गुमाएर १४८ रन बनाएको छ ।

यो हारसँगै जनकपुर चौथो हारको सामना गरेको छ । जनकपुरले अफ्नो कप्तान परिवर्तन गर्दा समेत जित आफ्नो हातमा पर्न भने सकेको छैन । यो हारसँगै जनपुर समूह चरणबाट छानिने बाटो बन्द भएको छ ।

एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले । यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो । इशान ५६ तथा विनोद ४२ रनमा आउट भए ।

बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले समान एक÷क विकेट लिए ।

यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।

सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ । जनकपुरको यो लगातार चौथो हार हो । अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ । अब उसको ‘प्लेअफ’ को सम्भावना गणितीय आधारमा मात्र बाँकी छ ।

सुदूरपश्चिमम रोयल्सका यशान पाण्डेले जनकपुर बोल्ट्सँगको खेलमा एनपीएलको २१ औँ अर्धशतक हानेका हुन् । पाण्डे ३५ बलमा अर्धशतक पुराएर ५६ रन बनाएर आउट भए भने जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ३७ बलमा दुई छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे ।