आर्थिक

‘एनआई ३१’ म्युचुअल फण्डको कारोबार खुल्ला

मंसिर १५, काठमाडौं । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ (एनआई ३१) नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु भएको छ ।

यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना स्टमेटिक इन्भेष्टमेन्ट पाल्नमा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट माार्फत खरिद÷बिक्री गर्न सकिने जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले क्क्ष्ए मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा क्क्ष्ए मार्पmत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।