खेलकुद

एनपीएल : विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई दियो १४५ रनको लक्ष

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष दिएको छ । विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्ने विराटनगरको लक्ष्य हुनेछ ।

यस्तै रोहितकुमार पौडेलले नेतृत्वमा रहेको लुम्बिनीले पाँच खेलबाट चार अङ्क जोडेको छ । प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ ।