समाचार

आगामी निर्वाचन तयारीका लागि आज बालुवाटारमा सर्वपक्षीय बैठक

१९ मङ्सिर, काठमाडौँ ।  आसन्न निर्वाचनको तयारी र समन्वयबारे छलफल गर्न आज प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै छ। बैठक आज अपराह्न ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्धारित गरिएको छ।

बैठकमा सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका नेता, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूलाई उपस्थितिका लागि निमन्त्रण गरिएको छ।

निर्वाचन आयोगले आगामी माघ ११ गतेकाे राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गतेकाे प्रतिनिधि सभा निर्वाचनलाई उद्देश्य बनाएर आवश्यक तयारी र सुरक्षासम्बन्धी समन्वयलाई बैठकले प्राथमिकतामा राख्ने बताइएको छ।

बैठकमा समग्र निर्वाचन प्रक्रिया, सम्भावित चुनौती तथा सुरक्षाको अवस्था लगायत विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।