२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा विराटनगर किङ्सले आज सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिमले ब्याटिङ सुरु गरेको छ।
दुवै टोली प्लेअफमा पुगिसकेका छन्। विराटनगर किङ्सलाई शीर्ष २ मा स्थान सुनिश्चित गर्न राम्रो अन्तरको जित आवश्यक छ भने सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा रहन खोज्दैछ।





