आर्थिक

नबिल बैंकले गर्यो १२.५ प्रतिशत नगद लाभांश घोषणा

२१ मंसिर, काठमाडौं । नबिल बैंकले शेयरधनीका लागि १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट यो लाभांश दिने निर्णय गरेको हो।

शेयरधनीले प्रत्येक शेयरमा १२.५० रुपैयाँ नगद लाभांश पाउनेछन्। बैंकले जनाएको छ कि प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण सुरु हुनेछ।