सामाजिक सञ्जाल

म पनि १५ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वार हुँः चन्द्र भण्डारी

२४ मङ्सिर, काठमाडौँ । नेपाली काँग्रेसका माहामन्त्री डा चन्द्र भण्डारलिे आफु १५ औं महाधिवेशनको सभापतिमा उम्मेद्वारी दिने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै आज सभापतिमा उम्मेद्वारी दिने खुलाएका हुन् ।
उनले भनेका छन्, ‘‘साथीहरूको जिज्ञासा मेरो धारणा !!!
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।
जय नेपाल !!!’’