३ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले सरकार संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक स्टाटस् लेख्दै संसद सरकारको प्रशंसक नभई संवैधानिक निगरानीकर्ता भएको स्पष्ट पारेका छन्।
भण्डारीले स्ट्याटसमा लेखेका छन्, “सरकार संसदप्रति उत्तरदायी हुनु अनिवार्य छ— किनकि संसद सरकारको प्रशंसक होइन, संवैधानिक निगरानीकर्ता हो। संसद प्रश्न सोध्छ, सरकार जवाफ दिन्छस संसद बहस गर्छ, सरकारलाई बाटो बन्छस जहाँ विचार खेल्छ तर्कले जित्छ१ यही उत्तरदायित्वबाट लोकतन्त्र जीवित रहन्छ।”
नेता भण्डारीको यो भनाइले संसदीय लोकतन्त्रमा सरकारको जवाफदेहिता र संसदको भूमिकालाई उजागर गरेको छ।
उनको भनाइले सरकारलाई संसदप्रति पूर्ण रूपमा जिम्मेवार बनाउनुपर्ने र संसदले सरकारका कामकारबाहीमाथि निरन्तर खबरदारी गर्नुपर्ने सन्देश दिएको छ।
संसदमा उठेका प्रश्नहरूको जवाफ दिनु, नीतिगत बहसहरूमा भाग लिनु र तर्कका आधारमा निर्णय प्रक्रियालाई अगाडि बढाउनु नै लोकतन्त्रको सुन्दर पक्ष भएको भण्डारीको भनाइ छ।






