समाचार

सर्वोच्चबाट पुनर्बहाली भएपछि शाक्यले मन्त्री घिसिङसँग भेटे

काठमाडौं, २५ मंसिर। सर्वोच्च अदालतबाट पद पुनर्स्थापित भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङले प्राधिकरणले अहिले पूर्ण क्षमतामा काम गर्ने समय भएको भन्दै कुनै सम्झौता नगर्न सुझाव दिएका छन्। शाक्यले विगतमा पनि घिसिङसँग सहकार्य गर्दै आएकाे स्मरण गराउँदै यस पटक पनि सहकार्यमा कुनै समस्या नहुने बताए।