२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउने लक्ष्यसहित १७ बुँदे ‘परिचालन नीति’ तर्जुमा गरेको छ।
प्रवक्ता डीआईजी मनिष थापाका अनुसार, निर्वाचनको जिम्मेवारी त्रुटिरहित रूपमा पूरा गर्न यस नीति तयार पारिएको हो।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र कारागारबाट भागेका कैदीबन्दी नियन्त्रणमा नआएकोले यस पटकको निर्वाचन चुनौतीपूर्ण हुने उनले बताए।






