प्रदेश 1

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

२७ मङ्सिर, इटहरी (सुनसरी) । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख चार हजार र उपविजेतालाई दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही सात हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार प्रदान गरिनेछ ।