२९ मङ्सिर, काठमाडौँ । नेकपा एमालेको सचिव पदमा महेश बस्नेतले उम्मेदवारी दिएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा डरलाग्दो बाघसँगको तस्बिर राख्दै आम महाधिवेशन प्रतिनिधिहरूसँग मतसमेत मागेका छन् ।
उनले आफू केपी शर्मा ओलीसँगको समूहबाट उम्मेदवारी दिएको स्पष्टसँग उनले राखेको सामाजिक सञ्जालको बाघसँग तस्बिर र त्यसअघिका तस्बिरहरूबाट स्पष्ट देखिन्छ ।
जेनजी आन्दोलनपछि एमाले र केपी ओलीलाई सेफ ल्याण्डीगं गर्न महेश बस्नेतले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
म महेश बस्नेत,
नेकपा (एमाले) को केन्द्रीय सचिव पदको उम्मेदवार।
पार्टी, सङ्गठन र आन्दोलनप्रति प्रतिबद्ध रहँदै अघि बढ्ने सङ्कल्पका साथ
तपाईँको अमूल्य मत प्रदान गरी
मलाई विजयी गराउन हार्दिक अनुरोध गर्दछु।
लाल सलाम।






