प्रदेश 1

सुनसरी काँग्रेस सभापतिमा संजय श्रेष्ठको उम्मेदवारी घोषणा

२ पुस, इनरुवा । नेपाली कांग्रेस सुनसरीको १५ ओै जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति सभापति पदका लागि संजयप्रसाद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १४ ओै महाधिवेशनमा हालका सभापति केदार भण्डारीसँग सभापति पदमा प्रतिषपर्धा गरेका उनले १५ ओै महाधिवेशनको कार्यतालिका अनुसार आफुले पुनः जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

नेपाली काग्रेसको १५ औं जिल्ला अधिवेशन घोषित कार्यतालिका अनुसार २०८२ पुस २२ गते हुनेछ ।

श्रेष्ठले सुनसरी काग्रेसमा सवै नेता कार्यकर्ता र समर्थकलाई एकता सहमति र सहकार्यमा जोडदै जिल्लामा बलियो पार्टी संगठन निमार्ण गर्ने आफ्नो योजना रहेको बताए ।

उनले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेकाले कार्यकर्ताको भावना र आग्रह अनुसार उम्मेदवारका रूपमा पुनः दावी गरेको बताए।

सुनसरीमा कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउन उम्मेदवारी दिएको उनले बताए। उनले आफु विजयी भएमा सुनसरीका १२ वटै स्थानीय तहका उप महानगरपालिका, नगरपालिका गाउपालिकासहित वडा र जिल्ला समन्वय समिति, प्रदेश सभासद वा सङ्घीय सांसदका उम्मेदवारलाई विजयी सुनिश्चित गराउने दाबी गरे ।