समाचार

सात बुँदे सहमतिपछि बोले रवि: ‘सहमति देशलाई चाहिने हुनुपर्छ’

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताको चाहनाअनुसार होइन, देशको आवश्यकता अनुसार हुनुपर्ने बताएका छन् ।

आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सहमति भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।