राजनीति

देउवाले भने: ‘विशेष महाधिवेशन आवश्यक छैन’

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन अघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाले निर्वाचनमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

देउवाले आफ्नो १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने र अरुलाई प्रोत्साहन मात्र गर्ने बताए। उनले विशेष महाधिवेशन नहुने पनि स्पष्ट पारे र भने, “विशेष महाधिवेशनमा गए झगडा बढ्छ, नियमित महाधिवेशन मिलेर गर्न सकिन्छ।”

उनी निर्वाचनअघि पार्टीमा स्थिरता कायम राख्न तटस्थ भूमिका निर्वाह गर्ने तयारीमा छन्।