समाचार

एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार ,लुम्बिनीमा रामकुमारी झाँक्री, मधेशको नाम अझै बाँकी

२३ पुस, काठमाडौं । नेकपा एमालेले आगामी फागुन ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ६ उम्मेदवारको टुंगो लगाएको छ। लुम्बिनीबाट रामकुमार झाँक्री, कोशीबाट रोशनी मेचे, बागमतीबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी उम्मेदवार हुनेछन्।

तर, मधेशका लागि नाम टुंगो लगाएको छैन। दलबीच सिट बाँडफाँटमा सहमति नभएको कारण कांग्रेस, एमाले, नेकपा र जनता समाजवादीबीच ७–७, ३ र १ सिट बाँड्ने प्रयास जारी छ। आज मनोनयन दर्ता हुँदैछ।