राजनीति

सानेपामा कांग्रेस बैठक रोकियो, विशेष महाधिवेशनमा सहमति खोज्दै शीर्ष नेता

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । दिउँसो १ बजेका लागि डाकिएको बैठक ४:२० बज्दासमेत सुरु नभएपछि केन्द्रीय सदस्यहरू सानेपास्थित पार्टी कार्यालयमा प्रतीक्षारत छन् ।

यसबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।

पार्टीभित्र विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्ने विषयमा संस्थापन र विशेष महाधिवेशन पक्षबीच छलफल तीव्र बनेको छ । विशेष महाधिवेशनमा जाँदा पार्टी विभाजनको जोखिम बढ्ने भन्दै दुवै समूहका नेताहरू सहमतिको प्रयासमा छन् ।