आर्थिक

प्रभु बैंकका अशोक शेरचनको राजीनामा स्वीकृत भएसँगै सुमन शर्माले सम्हाले सीईओको जिम्मा

काठमाडौं, २० माघ । प्रभु बैंकमा नेतृत्व परिवर्तन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएसँगै सुमन शर्मा नयाँ सीईओ नियुक्त भएका छन् ।

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ शेरचनको राजीनामा स्वीकृत गरेको थियो । त्यसपछि माघ २० गते बसेको अर्को बैठकले सुमन शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । शर्माको नियुक्ति माघ २० गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

शेरचनको राजीनामा स्वीकृत भएसँगै अन्तरिम अवधिमा सहायक महाप्रबन्धक निरज लम्सालले कामु सीईओको जिम्मेवारी सम्हालिरहेका थिए ।

नवनियुक्त सीईओ सुमन शर्मा बैंकिङ क्षेत्रमा अनुभवी व्यक्ति हुन् । उनले यसअघि सनराइज बैंकमा सीईओ, ग्लोबल आइएमई बैंकमा डिपुटी सीईओ तथा माछापुच्छ्रे बैंकमा सीईओको रूपमा काम गरिसकेका छन् ।